धनुषा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक वकिल अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ। अधिकारीलाई ४० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत काम गरिरहेका एक ठेकेदारसँग विभिन्न बहानामा रकम माग्दै आएको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। निर्माण कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अनावश्यक अवरोध सिर्जना गर्ने र त्यसकै आडमा घुस माग्ने गरेको आरोप उनीमाथि छ।
सोही क्रममा रकम बुझ्दै गर्दा अधिकारीलाई रंगेहात पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया