काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट करिब १७ करोड ७९ लाख रुपैयाँ बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय झु यी फेङ रहेका छन्। उनीमाथि सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई विभिन्न प्रलोभन देखाएर विश्वासमा पार्ने, उनीहरूको बैंक खाता प्रयोग गरी ठगी गर्ने र सो रकमलाई क्रिप्टोकरेन्सी (USDT) मा रूपान्तरण गरी कारोबार गर्ने आरोप छ।
प्रहरीले उनीबाट १७ करोड ७९ लाख ७० हजार रुपैयाँभन्दा बढी बराबरको डिजिटल मुद्रा, तीन थान मोबाइल फोन तथा अन्तर्राष्ट्रिय रकम पठाउन प्रयोग हुने कागजातहरू बरामद गरेको जनाएको छ।
प्रहरी टोलीले चैत १९ गते साँझ ठमेलबाट उनलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया