एजेन्सी । इरानले मध्यपूर्वका ८ वटा महत्वपूर्ण पुलहरूलाई लक्षित गर्दै तिनलाई ध्वस्त पार्ने चेतावनी दिएको छ। यी पुलहरू क्षेत्रीय यातायात र कनेक्टिभिटीका हिसाबले अत्यन्तै रणनीतिक मानिन्छन्।
रिपोर्ट अनुसार, इरानले सार्वजनिक गरेको सूचीमा कुवैत, संयुक्त अरब इमिरेट्स, साउदी अरब र जर्डन का महत्वपूर्ण पुलहरू समावेश छन्। तीमध्ये प्रमुख पुलहरू यसप्रकार छन् ।
मध्यपुर्वका शेख जाबेर अल(अहमद समुद्री पुल (कुवैत), शेख जायद ब्रिज(यएइ), अल मकता ब्रिज (यएइ), शेख खलीफा ब्रिज (यएइ) रहेका छन् । त्यस्तै, किंग फहद कॉजवे (साउदी अरब–बहराइन जोड्ने), किंग हुसैन ब्रिज (जर्डन), डामिया ब्रिज (जर्डन) र अबदून ब्रिज (जर्डन) रहेका छन् । यी सबै पुलहरू क्षेत्रीय व्यापार, आवागमन र सैन्य दृष्टिले पनि महत्वपूर्ण मानिन्छन्।
यसअघि, अमेरिका र इजराइल ले इरानको करज सहरस्थित बी १ ब्रिजमा दुई पटक आक्रमण गरेका थिए। उक्त आक्रमणमा २ जनाको मृत्यु भएको थियो भने पुल पूर्ण रूपमा ध्वस्त भएको थियो।
यो पुल हालै मात्र सञ्चालनमा आएको थियो र मध्यपूर्वकै सबैभन्दा अग्लो पुल मानिन्थ्यो। करिब १०५० मिटर लामो र १३६ मिटर अग्लो यो पुल निर्माण गर्न करिब ४० करोड डलर खर्च भएको थियो।
यस्तै, युनाइटेड किंगडम को पहलमा होर्मुज जलडमरू पुनः सञ्चालनका लागि ६० भन्दा बढी देशहरूको सहभागितामा अनलाइन बैठक सम्पन्न भएको छ। उक्त बैठकमा भारतका विदेश सचिव विक्रम मिसरी सहभागी भएका थिए।
आर्थिकन्यूज
प्रतिक्रिया