शीर्षकहरू

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा नयाँ स्वतन्त्र सञ्चालक नियुक्त

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा नयाँ स्वतन्त्र सञ्चालक नियुक्त

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नयाँ स्वतन्त्र सञ्चालकको रूपमा जनक शर्मा पौडेललाई नियुक्त गरेको छ। बैंकको ३१ मार्च २०२६ मा बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार पौडेललाई २ अप्रिल २०२६ देखि पदभार ग्रहण गर्ने गरी नियुक्त गरिएको हो। उनले पूर्व स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेको स्थान लिएका हुन्।

उनले यसअघि नेपालका दुई ‘क्लास ए’ वाणिज्य बैंक-ग्लोबल आईएमई बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रूपमा काम गरिसकेका छन्। पौडेलले बेलायतको लन्डन स्कूल अफ कमर्सबाट एमबीए डिग्री हासिल गरेका छन्।

प्रतिक्रिया