शीर्षकहरू

अर्थमन्त्रीद्वारा देशको सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जको निरीक्षण

अर्थमन्त्रीद्वारा देशको सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जको निरीक्षण

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जको निरीक्षण गरेका छन । राजस्व परामर्श सम्बन्धी अन्तरक्रियाका लागि शुक्रबार वीरगन्ज पुगेका अर्थमन्त्री वाग्लेले निरीक्षण तथा निर्देशन दिएका हुन । 

उनी आज आन्तरिक राजश्व कार्यालय वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागी भएका थिए । दुवै कार्यक्रममा अर्थमन्त्री वाग्लेले लक्ष्य भन्दा धेरै आन्तरिक र भन्सार राजश्व सङ्कलन गर्न कर्मचारीलाई निर्देशन दिए । साथै राजश्व सङ्कलनका बहानामा सेवाग्राहीलाई धाकधम्की र त्रासमा नपार्न, लाइनमा नराख्न र अनधिकृत क्रियाकलाप नगर्न आग्रह गरे ।

 इमानदारीपूर्वक काम गर्ने राष्ट्रसेवकलाई प्रोत्साहनका कार्यक्रम ल्याउने उनले बताए । साथै, बेइमानी गर्नेलाई निर्मम भएर दण्डित गर्ने पनि उनले बताए । कार्यक्रममा राजश्व सचिव भुपाल बराल,अर्थमन्त्रालयका राजश्व महाशाखा प्रमुख सहसचिव उत्तरकुमार खत्री,भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक जनकराज शर्मा लगायत सहभागी थिए । 

प्रतिक्रिया