शीर्षकहरू

एशियन लाइफ इन्स्योरेन्सको अठारौं वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

एशियन लाइफ इन्स्योरेन्सको अठारौं वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको अठारौं वर्ष पूरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०६४ चैत्र २१ गतेदेखि कारोबार प्रारम्भ गरेको हो। रक्तदान जीवनदान भन्ने नारासहित २०८२ चैत्र २० गते मैतीदेवीस्थित प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरे।

किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालसँग सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरबाट ६६ जना लाभान्वित भए। देशभरका १०२ शाखा तथा उपशाखामार्फत वृद्धाआश्रम, सामुदायिक विद्यालय, अनाथालय तथा सामाजिक संघ–संस्थालाई शैक्षिक सामग्री, खाद्यान्न तथा फर्निचर वितरण गरिएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीको व्यवसायिक यात्रामा निरन्तर सहयोग पुर्‍याउँदै आएका शुभेच्छुकप्रति आभार व्यक्त गरे। उनले बीमित तथा शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

चालू आव २०८२र८३ को फागुनसम्ममा जीवन बीमाकोष ५० अर्ब ८५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कुल लगानी ५० अर्ब ४५ करोड रुपैयाँ, कुल बीमाशुल्क संकलन ६७ अर्ब ९६ करोड रुर्पयाँ, सक्रिय बीमालेख संख्या ७ लाख ५३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, चालू आव फागुन मसान्तसम्ममा बीमाशुल्क आम्दानी ६ अर्ब ५२ करोड रुपैयाँ, अधिकृत पूँजी ६ अर्ब रुर्पयाँ, चुक्ता पूँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ (५ प्रतिशत) बोनस शेयर सूचीकृत पश्चात् पुगेको छ । 

प्रतिक्रिया