शीर्षकहरू

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५६ दिनका लागि ४० अर्ब तान्दै

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५६ दिनका लागि ४० अर्ब तान्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ५६ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्ने भएको छ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अत्यधिक भएपछि त्यसलाई सन्तुलनमा राख्न यस्तो कदम चालिएको हो। पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले हप्तामा दुईपटक आइतबार र बुधबार—नियमित रूपमा बजारबाट पैसा तान्दै आएको छ।

निक्षेप संकलनमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुने र बहुब्याजदरमा समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलन उपकरणमा न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँका दरले भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसरी खरिद गरिएको उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न पनि सकिनेछ।

प्रतिक्रिया