शीर्षकहरू

अटो पत्रकार संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ

अटो पत्रकार संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ

काठमाडौं । नेपाल अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शुक्रबार र शनिबार भक्तपुरको नगरकोटमा सम्पन्न संघको चौथो साधारणसभा सहितको अधिवेशनले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पौडेल आर्थिक आवाज अनलाइन मिडियामा आवद्ध छन् । यसअघि उनी जामको उपाध्यक्ष रहेका थिए ।

यसैगरी जामको उपाध्यक्षमा तोयानाथ पौडेल चयन भएका छन् । अटोमोइल म्यागजिन र नेपाल अटो अनलाइनका सञ्चालक पौडेल यसअघिको कार्यसमितिको महासचिव रहेका थिए ।

यसैगरी संघको महासचिवमा प्रयास श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शिलापत्र अनलाइनमा आवद्ध श्रेष्ठ यसअघि कार्यसमितिको सचिव थिए ।

यसैगरी सचिवमा बसन्त अर्याल र कोषाध्यक्षमा हरिप्रसाद गजुरेल चयन भएका छन् । आर्याल नेपाली पैसा र गजुरेल मेरो अटो अनलाइन मिडियामा आवद्ध छन् ।

नयाँ कार्यसमिति सदस्यहरुमा सौरभ नेपाल (नेपाल ड्राइभ्स), अमृत चिमोरिया (रातोपाटी) र कमला भण्डारी (क्यापिटल नेपाल) सर्वसम्मत चयन भएका छन् ।

संघको संशोधित विधानअनुसार ११ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था बमोजिम निवर्तमान अध्यक्षसहित दुईजना सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ । निर्वाचित कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।

निवर्तमान अध्यक्ष सागर गजुरेलले नवनिर्मित कार्यसमितिलाई बधाईसहित नेतृत्व हस्तान्तरण गर्दै संघको प्रगति र आवद्ध सदस्यहरुको हक हित र क्षमता विकास गर्ने कार्यमा नयाँ नेतृत्वले अझ सशक्त ढंगले काम गर्ने विश्वास व्यक्त गरे । साथै आफू पनि संघको टिममै रहेकाले सबै खाले काम कारबाही र योजनामा सहभागी र सहकार्य निरन्तर गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।

जामको संस्थापक एंव पूर्वअध्यक्ष उज्ज्वल जंग शाहले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै अटोमोबाइ क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता विकासमा संघले निरन्तर काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया