काठमाडौं । महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । उनले रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका थिए ।
आर्थिकन्यूज
प्रतिक्रिया