शीर्षकहरू

मुगुको खत्याड गाँउपालिकाको बिराबगर आयोजनाबाट विद्युत उत्पादन सुरु

मुगुको खत्याड गाँउपालिकाको बिराबगर आयोजनाबाट विद्युत उत्पादन सुरु

मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका स्थित बिराबगर विद्युत् आयोजनाबाट उत्पादन सुरु भएपछि स्थानीय खुशी भएका छन् ।

१८ महिनाभित्र विद्युत उत्पादनको लक्ष्यसहित सुरु भएको आयोजना ६ बर्ष पछि काम सकिएर विजुली बल्न थालेको हो ।

खत्याड गाँउपालिका १ देखि ११ वडाका करिब ५ दर्जन बस्तीका ४ हजार २ सय भन्दा बढी घरधुरीलाई लक्षित गरी जलविद्युत आयोजना निर्णाण सुरु भएको थियो ।

०६९ सालमा परियोजनाको डीपीआर तयार गरिएको थियो भने २०७४ साल चैत ५ गते उत्पादनतर्फ र ०७५ भदौ ६ गते वितरणतर्फ बोलपत्र आह्वान गरिएको भएपनि २०७५ मंसिर १५ मा उत्पादनतर्फ मेगा फेवा जेभी र प्रसारणतर्फ कस्मिक इलेक्ट्रोनिक्ससँग १८ महिने ठेक्का सम्झौता गरिएको थियो ।

आयोजना निर्माण करिब ६ वर्ष वितिसक्दा वल्ल उत्पादन भएर बत्ती बाल्न पाउँदा स्थानीयबासी खशी भएका हुन् ।

कोभिड–१९ र २०७९ असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले आयोजनाका नहर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पु¥याएको थियो ।

१८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना विभिन्न विपत्तिका कारण ढिलाइ भएपनि हाल करिब ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । बैकल्पीक उर्जा प्रवर्धन केन्द्र एशियाली विकास बैंकको करिब १९ करोड, पालिकाको २ करोड, माछापुच्छे« बैकको ५ करोड, स्थानीय नागरिकको १० प्रतिशत अनुदान गरी २९ करोड भन्दा बढी रकम खर्च भएको छ ।

निर्माण गरिएको विद्युतबाट पाँचसय किलोवाट क्षमताको यस आयोजनाबाट खत्याड गाँउपालिकामा चार हजार भन्दा बढी स्थानीयले प्रयोग गर्ने र छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिकाका करिब १ हजार २ सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

साथै, उत्पादन भएको अतिरिक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारी पनि भइरहेको गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले जानकारी दिए ।

निर्माणको जिम्मा पाएको मेघा फेवा जेभी निर्माण सेवाले सिभिल कार्यसहित अधिकांश काम पूरा गरिसकेको छ । मुख्य विद्युत् लाइन सबै गाउँसम्म पुगिसकेको छ भने घरघरमा वायरिङ गर्ने काम जारी छ ।

आयोजनाका सिभिल इन्जिनियर गजेन्द्र बमका अनुसार अब एक–दुई महिनाभित्र सबै घरधुरीमा विद्युत् सेवा पुग्नेछ । जसले वायरिङ गरिसकेका छन्, उनीहरूले अहिले नै विद्युत् प्रयोग गर्न थालेका छन्।

प्रतिक्रिया