काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।
सामान्यतया सोमबार र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठक अन्य दिन बोलाइए आकस्मिक बैठकका रूपमा लिने प्रचलन छ। आजको बैठकमा केही महत्वपूर्ण नियुक्तिसम्बन्धी निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
विशेषगरी नेपाल राष्ट्र बैंक मा रिक्त रहेको डेपुटी गभर्नर पदमा नियुक्ति गर्ने तयारी गरिएको छ। यसका लागि राष्ट्र बैंकले सिफारिस गरिसकेको र अर्थ मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषद्मा पेश हुने बताइएको छ। डेपुटी गभर्नर पद खाली हुँदा बैंकको दैनिक कामकाज प्रभावित हुँदै आएको छ।
त्यसैगरी राष्ट्रिय योजना आयोग मा उपाध्यक्ष र सदस्य पदहरू रिक्त रहेकाले त्यहाँ पनि नियुक्ति गर्ने तयारी छ। बजेट निर्माणको प्रक्रिया चलिरहेका बेला आयोगमा जनशक्ति अभाव हुँदा समन्वय र नीतिगत काममा असर परेको बताइन्छ।
आर्थिकन्यूज
प्रतिक्रिया