काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ८ महिनामा ११ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । यस अवधिमा गत आवको सोही अवधिको तुलनामा ९ वटा वाणिज्य बैंकको भने नाफा वृद्धि भएको छ ।
नाफा वृद्धि गर्नेमा कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । जसमध्ये सबैभन्दा धेरै कुमारी बैंकको नाफा २७४.६५ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्षको ८ महिनामा ९६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कुमारी बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी, सिद्धार्थ बैंकको नाफा ६८.३१ प्रतिशतले वृद्धि भएको छ । यस बैंकले गत वर्षको ८ महिनामा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा २ अर्ब ४ करोड ८१ लाख रुपैयाँ कमाएको छ ।
यसैगरी, कृषि विकासको नाफा ६५.५६ प्रतिशतले बढेर १ अर्ब २२ करोड १८ लाख पुगेको छ भने राष्ट्रिय वाणिज्यको ३५.६८ प्रतिशतले बढेर २ अर्ब ३३ करोड ९० लाख पुगेको छ । यसैगरी, माछापुच्छ्रेको नाफा २७.७२ प्रतिशतले बढ्दा नबिलको २६.८७ प्रतिशतले वृद्धि भएको छ । सानिमा, नेपाल एसबीआई र प्राइम कमर्सियलको नाफा क्रमशः २३.२१, १०.८९ र ९.६८ प्रतिशतले बढेको छ ।
११ बैंकको नाफा घट्यो
ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंंक, हिमालयन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र लक्ष्मी सनराइज बैंकको खुद नाफा घटेको छ ।

आर्थिकन्यूज
प्रतिक्रिया