शीर्षकहरू

नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश

नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश

काठमाडौं। नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज अर्थमन्त्राय पुगेर भेटघाट गर्दै बधाई समेत दिएका छन् ।

भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ । साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०-२० अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउने आवश्यकता पनि औँल्याइएको छ ।

आर्थिक ऐनअनुसार भन्सार क्लियरन्स भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक वातावरणमा अन्योल र अनिश्चितता सिर्जना गरेको उल्लेख गरिएको छ । विद्युतीय तथा हाइब्रिड सवारी साधनको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवहार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा सुझाव दिएको छ ।

मन्त्री वाग्ले प्रस्तुत सुझावलाई अत्यन्त सान्दर्भिक रहेको बताउँदै, देशका आयातकर्ता तथा उत्पादनको तर्फबाट एकीकृत रूपमा यस्ता सुझाव प्रस्तुत गरेकोमा एसोसिएसनलाई धन्यवाद व्यक्त गरेका छन् । वाग्लेले नेपालको अटो मोबाइल क्षेत्रका आयातकर्ता तथा उत्पादकले देशको अर्थतन्त्रमा पु¥याउँदै आएको महत्त्वपूर्ण वित्तीय योगदान, रोजगारी सिर्जना तथा गतिशीलतामा खेलेको भूमिकाको सराहना गरे ।

उनले यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक रहेको विश्वास व्यक्त गरे ।

प्रतिक्रिया