शीर्षकहरू

आर्थिक न्यूजकी कार्यकारी सम्पादक कुँवर सभामुखको प्रमुख स्वकीय सचिवमा नियुक्त

आर्थिक न्यूजकी कार्यकारी सम्पादक कुँवर सभामुखको प्रमुख स्वकीय सचिवमा नियुक्त

काठमाडौं । आर्थिक न्यूज डटकमकी कार्यकारी सम्पादक रहेकी मुना कुँवर सभामुख डोल प्रसाद अर्यालको प्रमुख स्वकीय सचिवमा नियुक्त भएकी छिन् । सभामुख डीपी अर्यालले सोमबार कुँवरलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन्। 

विगत दुई वर्षदेखि आर्थिक न्यूज डटककी कार्यकारी सम्पादक रहँदै आएकी कुँवरसँग पत्रकारिता क्षेत्रको डेढ दशकको अनुभव रहेको छ । अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका बेला कुँवर प्रेस संयोजक रहेकी थिइन्। 

उनीसँग हिमचुली एफएम, नयाँ पत्रिका दैनिक, कारोबार दैनिक र न्यूज ट्वान्टीफोर टेलिभिजनमा काम गरेको अनुभव रहेको छ । कुँवरले आमसंचार र पत्रकारितामा एमफील गरेकी छन् । 

त्यस्तै, सभामुखको स्वकीय सचिवमा नवराज पाण्डे नियुक्त भएका छन्। पाण्डे पनि पूर्व पत्रकार हुन्। 

सभामुखको प्रमुख स्वकीय सचिवको वरीयता राजपत्राङ्कित प्रथम श्रेणीको र स्वकीय सचिवको वरीयता द्वितीय श्रेणी सरह हुनेछ । अर्थात् प्रमुख स्वकीय सचिवले सहसचिव सरह सेवा सुविधा र स्वकीय सचिवले उपसचिव सरहको सुविधा पाउने कानूनी प्रावधान रहेको छ ।

प्रतिक्रिया