शीर्षकहरू

नेप्से परिसूचक घट्यो, कारोबार ६ अर्ब ७३ करोडमा सीमित

नेप्से परिसूचक घट्यो, कारोबार ६ अर्ब ७३ करोडमा सीमित

काठमाडौं। मंगलबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। सोमबार ८३ अंकले बढेको नेप्से मंगलबार भने २.६१ अंक घटेर २७५७.४० विन्दुमा बन्द भएको हो।

मंगलबार कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा मंगलबार ३४५ स्टकको ८१ हजार ५८२ पटकको कारोबारमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

उपसमूहका हिसाबले हेर्दा १३ मध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.०८ प्रतिशतले बढेको छ। बैंकिङ्ग, हाइड्रोपावर र अन्य केही उपसमूह सामान्य रूपमा बढेका छन्। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.८८ प्रतिशतले घटेको छ।

मंगलबार ६ स्टक सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किटमा कारोबार भएको हो। त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्य ८.५ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार २४ करोड रुपैयाँ नाघेको छ भने आँखु खोला जलविद्युत कम्पनीको २३ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

 

प्रतिक्रिया