काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट पाउने भएका छन् । बैंक र हेल्थ सर्भिसेजबीच मंगलबार भएको सम्झौता अनुसार ग्राहक तथा कर्मचारीले छुट सुविधा पाउने भएका हुन् ।
सम्झौता अनुसार जमल स्थित उक्त हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाइ छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया