शीर्षकहरू

ज्ञान मसलाकाे ब्रान्ड एम्बेसडरमा स्वस्तिमा खड्का

ज्ञान मसलाकाे ब्रान्ड एम्बेसडरमा स्वस्तिमा खड्का

काठमाडौं । केएल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ। कम्पनीले यस सहकार्यमार्फत आफ्नो ब्रान्ड पहिचानलाई थप सशक्त बनाउँदै नयाँ पुस्ताका उपभोक्तासँग अझ नजिकिने लक्ष्य राखेको जनाएको छ।

सन् १९८९ मा स्थापना भएको के.एल. दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राख्दै आएको छ। कम्पनीका अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गर्दै आएको छ र वर्षौंदेखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ।

कम्पनीकी कार्यकारी निर्देशक भाविका दुगरका अनुसार, स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। उहाँको दर्शकसँगको बलियो सम्बन्धले उहाँलाई हाम्रो ब्रान्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएको छ। हामी आफ्ना मूल मान्यतामा अडिग रहँदै अघि बढिरहँदा उहाँसँगको सहकार्य अझ अर्थपूर्ण हुने विश्वास लिएका छौं।”

‘ज्ञान मसला’सँग जोडिन पाउँदा अभिनेत्री खड्काले पनि खुसी व्यक्त गरेकी छन्। लामो समयदेखि विभिन्न खाद्यान्नका रूपमा आफ्नै घरमा प्रयोग हुँदै आएको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासम्म पुर्‍याउन आफूले सकारात्मक भूमिका खेल्ने उनको भनाइ छ।

कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा ल्याउँदै आएको छ। हाल ‘ज्ञान मसला’ १४ विभिन्न प्रकारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

के.एल. दुगर ग्रुपले आफ्नो विस्तृत वितरण सञ्जालमार्फत देशभर गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। यसै अनुरूप, हरेक नेपाली भान्सामा ‘ज्ञान मसला’को सहज पहुँच रहेको दाबी गरिएको छ।

प्रतिक्रिया