शीर्षकहरू

ट्रम्पको धम्की : ‘ईरानमा आज रात सभ्यता समाप्त’- ईरानको चेतावनी : ‘जवाफ यस्तो हुनेछ, कहिल्यै भुल्न सक्दैनौ’

ट्रम्पको धम्की : ‘ईरानमा आज रात सभ्यता समाप्त’- ईरानको चेतावनी : ‘जवाफ यस्तो हुनेछ, कहिल्यै भुल्न सक्दैनौ’

एजेन्सी । अमेरिका–इजरायल र ईरानबीचको द्वन्द्व अझै चर्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै भनेका छन्, “आज रात एक सभ्यता समाप्त हुनेछ, जुन कहिल्यै फर्केर आउन सक्दैन।”

ईरानले ट्रम्पको धमकीलाई गम्भीर चुनौती दिँदै भन्यो, “हाम्रो जवाफ यस्तो हुनेछ, जसलाई इतिहासले कहिल्यै भुल्न सक्दैन।” ईरानले अमेरिका–इजरायलका आक्रमणलाई प्रतिकार गर्ने तयारी भइरहेको स्पष्ट पारेको छ।

अमेरिका–इजरायलले ईरानमाथि निरन्तर आक्रमण गरिरहेका छन्। ईरानले पनि जवाबी हमला गर्दै द्वन्द्वलाई नयाँ मोडमा पुर्‍याएको छ। यसले मध्यपूर्वमा तनाव अझै बढाएको छ, जसले विश्वव्यापी सुरक्षा चिन्ता उत्पन्न गरेको छ।

प्रतिक्रिया