एजेन्सी । अमेरिका र ईरानबीच जारी द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सहमति भएको छ। दुबै देशले दुई हप्ते युद्धविराम (सीजफायर) गर्ने निर्णय गरेका छन्। केही घण्टा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिँदै भनेका थिए, “आज रात एक सभ्यता समाप्त हुनेछ।”
तर मंगलबार उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत घोषणा गर्दै भने, “हामीले पाकिस्तानको प्रस्ताव स्वीकार गरेका छौं र दुई हप्ते युद्धविराममा सहमत भएका छौं।”
पाकिस्तानले दुबै पक्षलाई दुई हप्तासम्म लडाइँ रोक्ने र होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव गरेको थियो। ईरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि युद्धविराममा सहमति जनाएका छन्।
ट्रम्पले भने, “हामीले आफ्ना सबै सैन्य लक्ष्य पूरा गरिसकेका छौं। अब दीर्घकालीन शान्ति र मध्यपूर्वमा स्थायित्वका लागि ठोस सम्झौता गर्न नजिक पुगेका छौं।”
दुबै पक्षबीच अन्तिम सम्झौता गर्ने उद्देश्यले वार्ता सुरु हुने। वाशिङ्टनले तेहरानबाट प्राप्त १० बुँदे प्रस्तावलाई वार्ताको आधार मान्ने घोषणा गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया