शीर्षकहरू

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भेटवार्ता गरेका छन्।

मन्त्री निवासमै भएको उक्त भेटमा दुवै पक्षबीच विश्व बैंकसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रमबारे समीक्षा गरिएको थियो। साथै, कृषि क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन, बजार व्यवस्थापन सुधार, तथा उत्पादन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ।

त्यसैगरी, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै दिगो कृषि विकासमा जोड दिने, कृषिमा नीतिगत सुधार अघि बढाउने, पोषण सञ्जाल सुदृढ गर्ने तथा समावेशी कृषि प्रणाली विकासका विषयमा पनि विचार आदानप्रदान भएको बताइएको छ।

प्रतिक्रिया