काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ८ महिनामा १० वटा फाइनान्स कम्पनीहरू घाटामा रहेका छन् भने ७ कम्पनीले खुद नाफा आर्जन गरेका छन् ।
नाफा आर्जन गर्नेमा मञ्जुश्री फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, श्री फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, बेस्ट फाइनान्स र मल्टी प्रपोज फाइनान्स रहेका छन् ।
जसमध्ये सबैभन्दा धेरै मन्जुश्रीले १७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा आइसीएफसीले ७ करोड ८४ लाख, सेन्ट्रलले ५ करोड, श्रीले २ करोड २० लाख, गुहेश्वरीले २ करोड १४ लाख बेस्टले १ करोड २६ र मल्टीप्रपोजले १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यी १० फाइनान्स घाटामा
घाटामा रहनेहरूमा नेपाल फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, गुडवील फाइनान्स, प्रोग्रेसीभ फाइनान्स, गोर्खाज फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स, नेपाल शेयर मार्केट एण्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेका छन् ।
जसमध्ये सबैभन्दा धेरै घाटामा नेपाल फाइनान्स रहेका छ । यस फाइनान्स ८ करोड ८३ लाख रुपैयाँले घाटामा छ । यस्तै, समृद्धि फाइनान्स ५ करोड ९ लाख रूपैयाँले घाटामा रहँदा पोखरा फाइनान्स ४ करोड ३१ लख, गुडवील फाइनान्स ३ करोड २५ लाख र प्रोग्रेसीभ ३ करोड १५ लाखले घाटामा रहेको छ ।

आर्थिकन्यूज
प्रतिक्रिया