शीर्षकहरू

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारको बिल भुक्तानी गर्दा घुस लिने गरेको सूचनाका आधारमा छापा मारेर उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानका क्रममा उनले योजनाबद्ध रूपमा सेवाग्राहीसँग मोलमोलाइ गरी भुक्तानी प्रक्रियामा सहजीकरण गरेबापत ९३ हजार ८५० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर हुने भन्दै आयोगले सोही रकम बिगो कायम गरी कैद तथा जरिवाना सजायको मागदाबी सहित विशेष अदालत काठमाडौं मा आरोपपत्र दायर गरेको हो।

आयोगले सार्वजनिक निकायमा हुने अनियमितता नियन्त्रणका लागि यस्ता कार्यमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया