एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानप्रति कडा चेतावनी दिँदै अमेरिकासँगको “वास्तविक सम्झौता” पूर्ण रूपमा कार्यान्वयन नभएसम्म आफ्ना जहाज, विमान र सैन्य शक्ति ईरानभित्र तथा वरपर तैनाथ रहने बताएका छन्।
ट्रुथ सोशलमा उनले लेखेका छन् कि यदि कुनै कारणले सम्झौता उल्लंघन भए सम्भावना अत्यन्त कम रहेको उनको दाबी छ। भने अमेरिकाको प्रतिक्रिया अहिलेसम्मकै सबैभन्दा ठूलो, कडा र घातक हुनेछ।
ट्रम्पले स्पष्ट रूपमा भनेका छन् कि ईरानसँग परमाणु हतियार हुन नदिने कुरा धेरै अघि नै तय भइसकेको छ र हर्मुज पोर्ट पूर्ण रूपमा खुला र सुरक्षित रहनेछ। उनले यसको विपरीत भइरहेको दाबीहरूलाई “झुटा” बताएका छन्।
उनले थपे कि अमेरिकी सेना अहिले आफ्नो हतियार र गोला९बारूदलाई अझ मजबुत बनाउँदै भविष्यका रणनीतिका लागि तयारी अवस्थामा रहेको छ। पोस्टको अन्त्यमा उनले लेखेका छन्— “अमेरिका फर्किएको छ।”
आर्थिकन्यूज
प्रतिक्रिया