काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको हिरासतपछि रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हाजिर जमानीमा रिहा गर्दै परिवारको जिम्मा लगाइएको हो।
उनी पक्राउ परेको १३औँ दिनमा नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन्। उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यसअघि यही प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने उपचाररत अवस्थामै महाराजगञ्जस्थित अस्पतालबाट परिवारको जिम्मा लगाएर रिहा गरिएको थियो। ओली चैत १५ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा बसेर उपचार गराइरहेका थिए।
ओली अस्पतालमा बसेका बेला लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतमा नै राखिएका थिए।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार रहेको आरोपमा सरकारको निर्देशनमा लेखकलाई चैत १४ गते भक्तपुरको कटुन्जेबाट पक्राउ गरिएको थियो।
आर्थिकन्यूज
प्रतिक्रिया