काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका सदस्यहरू व्यापक रुपमा हेरफेर भएको छ । जस अनुसार साविकका ३ जना सञ्चालक कम्पनीबाट बाहिरएका छन् भने उनीहरुको सट्टामा नयाँ सदस्य थपिएका छन् ।
कम्पनीको संस्थापक समूहको प्रतिनिधि सञ्चालकहरू हेरफेर भएका हुन् । जसमध्ये कम्पनीका अध्यक्ष समेत रहेका शेखर गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ता बाहिरएका छन् । उनीहरुको सट्टामा क्रमशः उदय कुमार निरौला, दीपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापा सञ्चालकमा चयन भएका छन् ।
चैत २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले निराैलालाई अध्यक्षमा चयन गरेकाे छ । यस अघिका अध्यक्ष शेखर गोल्छा चैत ९ गते कम्पनीबाट बाहिरएका थिए । त्यससँगै कम्पनीमा अध्यक्ष पद रिक्त थियाे ।
आर्थिकन्यूज
प्रतिक्रिया