शीर्षकहरू

२१ सूचीकृत कम्पनीलाई तत्काल नवीकरण शुल्क र जरिवाना बुझाउन नेप्सेको चेतावनी

२१ सूचीकृत कम्पनीलाई तत्काल नवीकरण शुल्क र जरिवाना बुझाउन नेप्सेको चेतावनी

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वार्षिक नवीकरण शुल्क नबुझाएका २१ सूचीकृत कम्पनीलाई तत्काल शुल्क र जरिवाना बुझाउन अन्तिम आग्रह गरेको छ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार नेप्सेले वार्षिक नवीकरण शुल्क नबुझाएका २१ कम्पनीलाई बाँकी रकम यथाशीघ्र बुझाउन निर्देशन दिएको छ। यसअघि पटक–पटक पत्राचार गरिए पनि कम्पनीहरूले शुल्क नतिरेपछि नेप्सेले अन्तिम सूचना जारी गरेको हो।

नेप्सेका अनुसार सम्बन्धित कम्पनीहरूले ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा नवीकरण शुल्क बुझाउनुपर्नेछ।

५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र सोभन्दा माथि चुक्ता पुँजी भएका कम्पनीले १ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा बाँकी रकममा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नेछ।

नेप्सेले तोकेको समयसीमाभित्र शुल्क नबुझाए कम्पनीहरू थप कारबाहीको जोखिममा पर्नेछन्। निरन्तर अटेरी गरेमा धितोपत्र सूचीकरण नियमावलीअनुसार कारोबारमा प्रतिबन्ध, सूचीकरण निलम्बन वा खारेजीसम्मका कदम चालिन सक्ने प्रावधान रहेको छ।

प्रतिक्रिया