शीर्षकहरू

रुरु जलविद्युतको बोनस सेयर नेप्सेमा सूचीकृत

रुरु जलविद्युतको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको कुल ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर अहिले नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सक्ने भएका छन्।

बोनस सेयर सूचीकरणपछि कम्पनीको कुल चुक्ता पुँजीसमेत वृद्धि भएको छ।

प्रतिक्रिया