काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई पार्टीको सिफारिस अनुसार पदमुक्त गरेका छन्। साहले पत्नीलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्त गर्ने विवादित निर्णय गरेको कारण पदमुक्त गरिएको बताइएको छ।
प्रधानमन्त्री बालेन शाहले १३ दिनअघि नियुक्त भएका श्रममन्त्री साहलाई जिम्मेवारीबाट हटाएका छन्। पदमुक्तिको निर्णय पार्टी सभापति रवि लामिछाने को सिफारिसमा भएको हो।
साहले आफ्नो पदीय मर्यादाको दुरुपयोग गर्दै पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गराउने प्रयास गरेका थिए। उक्त कदम पार्टीको आदर्श र सिद्धान्तसँग मेल नखाने भएकाले आवश्यक कारबाही सिफारिस गरिएको पत्रमा उल्लेख छ।
पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिले यस्तो अवस्थामा कदम चाल्ने जिम्मेवारी राख्दछ भने धारा ६९ अनुसार “राइट टु रिकोल” प्रयोग गर्दै मन्त्रीलाई फिर्ता बोलाउन सकिने व्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ।

आर्थिकन्यूज
प्रतिक्रिया