शीर्षकहरू

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सभामुख अर्यालको चासो : 'अब ढिलाइ स्वीकार्य छैन'

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सभामुख अर्यालको चासो : 'अब ढिलाइ स्वीकार्य छैन'

काठमाडौँ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सभामुख डोल प्रसाद अर्यालले तीव्रता दिन आवश्यक निर्देशन दिएका छन्।

बिहीबार आफ्नै कार्यकक्षमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग भएको छलफलमा सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, “यो केवल विद्युत् उत्पादन मात्र होइन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारीसँग प्रत्यक्ष सम्बन्धित राष्ट्रिय महत्वको परियोजना हो। अब थप ढिलाइ हुनुहुँदैन।”

छलफलमा मन्त्री श्रेष्ठले सरकारबाट आयोजनालाई समयमै अगाडि बढाउन सबै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सहसचिव रुद्रसिङ तमाङले पनि मन्त्रालयबाट कुनै कसर बाँकी नराख्ने जानकारी दिए। सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना प्राथमिकतामा राख्नु सरकारको समृद्धि प्रतिको गम्भीरता देखाउने धारणा राखे ।

बुढीगण्डकी जलविद्युत आयोजना गोरखा–धादिङ सिमानामा १२ सय मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो। यसको अनुमानित लागत करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। परियोजना सञ्चालनमा आएपछि विद्युत् आपूर्ति, रोजगारी सृजना र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया