काठमाडौ । नेपाल आयल निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। नयाँ मूल्यमा पेट्रोल प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरेको छ भने अब नयाँ मूल्य २१९ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर २५र२५ रुपैयाँ वृद्धि भइ नयाँ मूल्य २०७ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि, अब २०१० रुपैयाँ पर्याएको छ । हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ६ रुपैयाँ वृद्धि, अब २५७ रुपैयाँ पुगेको छ । त्यस्तै, मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको निमगले जनाएको छ ।
भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण नभएको निगमको भनाइ छ । मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिकन्यूज
प्रतिक्रिया