काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई जना निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा भएका छन् । बिहीबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले निर्देशक द्वय हिम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।
उनीहरुलाई वरिष्ठताका आधारमा कार्यकारीमा बढुवा गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरु पौडलले जानकारी दिए । बढुवा भएसँगै न्यौपानेले बैंकिङ विभाग र सापकोटाले गभर्नर सचिवालयको प्रमुखको जिम्मेवारी पाएका छन् ।
उनीहरु दुवै जनाले २०५९ सालमा साहायक निर्देशको रुपमा राष्ट्र बैंकमा सेवा सुरु गरेका थिए ।

आर्थिकन्यूज
प्रतिक्रिया