शीर्षकहरू

यामाहा नेपालले “ब्लु फेस्ट” आयोजना गर्ने

यामाहा नेपालले “ब्लु फेस्ट” आयोजना गर्ने

काठमाडौं । यामाहा नेपालले आफ्नो अधिकृत वितरक MAW Rides Pvt. Ltd. मार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लु फेस्ट” पुनः आयोजना गर्ने घोषणा गरेको छ। कार्यक्रम यही चैत २९ गतेदेखि वैशाख ५ गतेसम्म भृकुटीमण्डप मा सञ्चालन हुनेछ।

कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा नयाँ मोडल Yamaha FZ-S “न्यू जेन: लिड द नेक्स्ट” सार्वजनिक गरिनेछ, जसले साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुरुवात गर्नेछ।

ब्लु फेस्टलाई पूर्ण दुईपाङ्ग्रे अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको छ। यसमा मोटरसाइकल पारखी, सर्वसाधारण तथा सम्भावित ग्राहकहरूले यामाहाका अपग्रेड गरिएका हाइ-टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्न पाउनेछन्। यस वर्ष कार्यक्रमअन्तर्गत “एक्सचेन्ज कार्निभल” पनि समावेश गरिएको छ, जसले ग्राहकहरूलाई सहज र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्ने अवसर दिनेछ।

आगन्तुकहरूले आफ्ना पुराना मोटरसाइकल ल्याएर ५० भन्दा बढी रिकन्डिसन हाउसमार्फत स्थलमै मूल्यांकन गराउन सक्नेछन्। यसले बजारअनुसार उचित मूल्य सुनिश्चित गर्नुका साथै नयाँ यामाहा सवारी खरिदलाई थप सहज बनाउनेछ।

यामाहाले ग्राहकको पहुँच बढाउन सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। नागरिकताको आधारमा स्थलमै फाइनान्स सुविधा लिन सकिनेछ भने ४० महिनासम्मको सस्तो ईएमआई योजना लागू हुनेछ। साथै, ग्राहकहरूले ५ लाखसम्मको क्यासब्याक अफर र नयाँ वर्ष विशेष “ब्लु कोड” अफरको लाभ पनि लिन सक्नेछन्।

एम.ए.डब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल ले “ब्लु फेस्ट इनोभेसन र ग्राहकसँगको सम्बन्धको उत्सव भएको” बताउँदै यसले नयाँ प्रविधियुक्त मोटरसाइकल अनुभव गर्ने र खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने उल्लेख गरे।

खरिद अनुभवसँगै ब्लु फेस्टमा मनोरञ्जनका विभिन्न गतिविधिहरू पनि समावेश हुनेछन्। आगन्तुकहरूले स्टन्ट शो, टप राइडर, क्रिएटर तथा सेलिब्रिटीहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् भने आकर्षक कस्प्ले प्रस्तुति, डुअर प्राइज र निःशुल्क एसेसरीजहरू पनि उपलब्ध हुनेछन्।

वर्षौंदेखि आयोजना हुँदै आएको यामाहा ब्लु फेस्ट नेपालका दुईपाङ्ग्रे पारखीहरूका लागि प्रमुख आकर्षणको रूपमा स्थापित हुँदै आएको छ। आकर्षक अफर र अविस्मरणीय अनुभवका कारण यस वर्षको संस्करण अझ भव्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया