शीर्षकहरू

होर्मुज जलक्षेत्रमा शुल्क नलगाउन ट्रम्पको चेतावनी, इरानमाथि दबाब

होर्मुज जलक्षेत्रमा शुल्क नलगाउन ट्रम्पको चेतावनी, इरानमाथि दबाब

वाशिङ्टन। डोनाल्ड ट्रम्प ले इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने तेल ट्याङ्करहरूमा शुल्क लगाउन नहुने बताएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानले उक्त जलक्षेत्र प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुलिरहेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै यस्तो कदम तत्काल रोक्न आग्रह गरेका हुन्।

उनले इरानले जलक्षेत्रमा ट्याङ्करहरू रोकेको तथा तेल पारवहनमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै यसलाई विश्वव्यापी रूपमा गैरजिम्मेवार व्यवहारको संज्ञा दिएका छन्।

युद्धविराम लागू भएपछि पारवहन पुनः सुरु भएको दाबी गरिए पनि बिहीबार कुनै पनि जहाजले होर्मुज जलक्षेत्र पार नगरेको ढुवानी ट्र्याकिङ तथ्यांकले देखाएको छ।

यसैबीच, जे. डी. भान्स ले इरानले जलक्षेत्र खुला राख्ने प्रतिबद्धता पूरा नगरे युद्धविराम तत्काल अन्त्य हुन सक्ने चेतावनी दिएका छन्।

यसअघि ट्रम्पले पाकिस्तानको संयुक्त प्रस्तावमा इरानसँग कूटनीतिक वार्ताका लागि दुई साताको युद्धविराम अनुमोदन गरेका थिए।

प्रतिक्रिया