शीर्षकहरू

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा शुक्रबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका बोनस सेयर सूचीकृत भएका हुन्।

कालिका लघुवित्तले १० प्रतिशतका दरले जारी गरेको ४ लाख ७ हजार ६९२.३०४८ कित्ता बोनस सेयर सूचीकृत भएको छ।त्यसैगरी, शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस अन्तर्गत १७ लाख ८४ हजार ६८८ कित्ता सेयर सूचीकृत भएको छ।

यो सेयर पनि हितग्राही खातामा क्रेडिट भएपछि मात्र दोस्रो बजारमा कारोबार योग्य हुनेछ।

 

प्रतिक्रिया