काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का वित्तीय विवरणहरू सर्वसहमत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।
साविक राष्ट्रिय बीमा संस्थानको रूपमा रहेको कम्पनीको साधारण सभामा वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तारसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।
सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसहमति पारित भएको बताइएको छ। साथै कम्पनीको आगामी कार्यदिशा र रणनीतिबारे पनि सहभागीहरूले महत्वपूर्ण सुझाव दिएका छन्।
कम्पनीले बीमा सेवाको पहुँच विस्तार, ग्राहक सेवा सुदृढीकरण तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सेयरधनी, नियामक निकाय तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया