काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाएकाे थियाे । पछि अदालतले उनीहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय खारेज गर्न आदेश दिएको थियो ।
त्यसपछि रुपाखेतीले परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका थिए । बालेन नेतृत्वको नयाँ सरकारले राजनीतिको पहुँचमा भएको सबै नियुक्ति खारेज गर्ने चर्चा चल्दै आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक पहुँचबाट नियुक्त भएका सबैलाई राजीनामा दिन आग्रह नै गरेका थिए ।
आर्थिकन्यूज
प्रतिक्रिया