काठमाडौं । लुम्बिनी हेरिटेजले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावसहित पहिलो वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते रुपन्देहीस्थित कम्पनी परिसरमा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने एजेन्डा पनि समावेश गरिएको छ।
कम्पनीले आईपीओ निष्कासनमार्फत सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्ने तयारी गरेको छ। साधारण सभाबाट प्रस्ताव पारित भएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिएर निष्कासन प्रक्रिया अगाडि बढाइनेछ।
आर्थिकन्यूज
प्रतिक्रिया