शीर्षकहरू

२० प्रतिशतले बढ्यो ट्याक्सीको भाडा, चढ्न साथ ५८ रुपैयाँ

२० प्रतिशतले बढ्यो ट्याक्सीको भाडा, चढ्न साथ ५८ रुपैयाँ

काठमाडौं । सरकारले ट्याक्सीको पनि भाडा वृद्धि गरेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले शनिबारदेखि लागु हुनेगरी ट्याक्सीको भाडा वृद्धि गरेको हो । 

संघीय सरकारले केही दिन अघि मात्रै अन्तर प्रदेश यातायातको भाडा वृद्धि गरेसँगै बागमतीले प्रदेश सरकारले प्रदेश भित्र चल्ने सार्वजनिक सवारी र काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीको भाडा वृद्धि गरेको हो । 

यातायात व्यवसायी राष्ट्रिय महासंघले ट्याक्सी बागमतीमा चल्ने सार्वजनिक सवारी र ट्याक्सीको भाडा बढाउनु पर्ने माग राख्दै बिहीबार मन्त्रालयलाई पत्र पठाएको थियो । त्यस पश्चात् मन्त्रालयले समिति गठन गरेर शुक्रबार भाडा निर्धारण गरेको हो । शुक्रबार राजपत्रमा सार्वजनिक गरिएको सूचना अनुसार ट्याक्सीको भाडा प्रति किलोमिटर १० रूपैयाँले वृद्धि गरिएको छ । 

यस  अघि २०० मिटर भाडा १० रुपैयाँ थियो । यस अर्थमा एक किलोमिटरको भाडा ५० रुपैयाँ हुन जान्थ्यो । अब भने २०० मिटरको भाडा १२ रुपैयाँ अर्थात् एक किलोमिटरको ६० रुपैयाँ पुगेको छ । अर्थात् २० प्रतिशतले भाडा वृद्धि गरिएको छ । विगतमा पनि ६.५ प्रतिशत भाडा वृद्धि गर्नु पर्ने थियो तर त्यो वृद्धि नभएको भन्दै व्यवसायीहरूले गुनासो गरेका गर्दै आएका थिए । नयाँ भाडा दर कायम गर्दा विगतको ६.५ प्रतिशत वृद्धिलाई पनि समायोजन गर्न माग गरेका थिए । 

सोही  अनुसार समग्रमा प्रति किलोमिटर २० प्रतिशतका दरले भाडा वृद्धि भएको मन्त्रालयले जनाएको छ । यता, ट्याक्सी चढ्न साथ लाग्ने भाडा दर पनि वृद्धि भएको छ । यस अघि ट्याक्सी चढ्न साथ ५२ रुपैयाँ लाग्थ्यो । अब भने ५८ रुपैयाँ लाग्ने छ । 

अर्थात् अबदेखि ट्याक्सी चढेर एक किलोमिटर दुरी पार गर्दा ११८ रुपैयाँ तिर्नु पर्छ । त्यसपछि हरेक किलोमिटरको ६० रुपैयाँ थप्दै जानु पर्दछ । यस अघि ट्याक्सी  चढेर १ किलोमिटर दुरी पार गर्दा १०२ रुपैयाँ तिर्नु पर्थ्यो । त्यसपछि हरेक किलोमिटरको ५० रुपैयाँका दरले थप हुँदै जान्थ्यो । यो नयाँ भाडा दर विद्युतीय ट्याक्सीको हकमा लागु हुने छैन । 
बागमती प्रदेश भित्र चल्ने यात्रु वाहक सार्वजनिक यातायातको भाडा पनि वृद्धि 

यससँगै सरकारले बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा दर वृद्धि गरेको छ । काठमाडौं उपत्यकाभित्रको हकमा चढ्न साथ २४ रुपैयाँ लाग्ने छ । यस अघि उपत्यकामा चल्ने यात्रु वाहक सार्वजनिक सवारीमा  चढ्न साथ १९ रुपैयाँ लाग्ने गर्थ्यो ।

उपत्यकामा ५ किलोमिटरसम्म २४ रुपैयाँ नै लग्दछ । ६ किलोमिटरदेखि १० किलोमिटरको ३३ रुपैयाँ, ११ देखि १५ किलोमिटरको ३९ रुपैयाँ, १६ देखि २० किलोमिटरको ४४ रुपैयाँ र २० किलोमिटर भन्दा बढीको ५० रुपैयाँ भाडा लाग्ने छ । 

यस्तै, बागमती प्रदेश चित्र चल्ने लामो दुरीको यात्रु वाहक सवारीको भाडा औसतमा १७.५० प्रतिशतले वृद्धि भएको छ । 

यस्तो छ नयाँ भाडा दर

null

null​​​​​​nullnullnull

प्रतिक्रिया