शीर्षकहरू

तटस्थता र द्रुत कानुन निर्माणमा जोड : सभामुख अर्याल

तटस्थता र द्रुत कानुन निर्माणमा जोड : सभामुख अर्याल

मलेखु (धादिङ) । सभामुख डोलप्रसाद अर्यालले आफू तटस्थ र निष्पक्ष रूपमा काम गर्दै देश र जनताको हितलाई केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कानुन निर्माण र कार्यान्वयनमा निष्ठा र पारदर्शिता कायम गर्ने बताए। संविधान संशोधनदेखि नयाँ कानुन निर्माणसम्मका प्रक्रियामा सहजकर्ताको भूमिका निर्वाह गर्दै जनताको अपेक्षा सम्बोधन गर्ने उनको भनाइ थियो।

“विकास, समृद्धि र नागरिकको खुसी ढिला हुनु हुँदैन,” उनले भने, “सबैले अनुभूति गर्ने गरी परिणाममुखी काम अघि बढाइनेछ।”

सभामुख अर्यालले जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्र्याक’ बाट कानुन निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए। साथै, राष्ट्रिय गौरवका आयोजनामध्ये बुढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनमा ढिलाइ हुन नदिन सरकारलाई निरन्तर दबाब दिने पनि उनले बताए।

उनले संसदलाई प्रभावकारी बनाउँदै विकास र समृद्धिका एजेन्डालाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे।

प्रतिक्रिया