काठमाडौं । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत यामाहा ब्लु फेस्ट सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको थियो। कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरि डिजाइन गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण “लिड द नेक्स्ट” थीम अन्तर्गत यामाहा एफजेडएस एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष विष्णु अग्रवालले भने, “हामी ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्न केन्द्रित छौं। यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन्। ”
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले बाइकका ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाइ-कनेक्ट जस्ता विशेषताहरूबारे जानकारी दिँए । कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारीले ब्लु फेस्ट अन्तर्गत उपलब्ध अफर, मूल्य संरचना र नयाँ मोडलका प्रमुख विशेषताबारे विस्तृत जानकारी दिँदै यामाहाको ग्राहक केन्द्रित दृष्टिकोण र मूल्यमा आधारित बजार रणनीतिबारे जानकारी दिए ।
ब्लु फेस्टको अर्को प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका थिए। ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिताले बजार अनुसारको उचित मूल्याङ्कन सुनिश्चित गर्दै पारदर्शी र प्रतिस्पर्धी एक्सचेन्ज सुविधा प्रदान गरेको थियो। साथै, ग्राहकहरूले नागरकिता मार्फत तुरुन्तै फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको ईएमआई विकल्प तथा ब्लु फेस्ट योजना अन्तर्गत अधिकतम ५ लाखसम्मको क्यासब्याक सुविधा पनि प्राप्त गरेका थिए।
आर्थिकन्यूज
प्रतिक्रिया