शीर्षकहरू

ट्रम्पको धम्कीले भारतीय शेयर बजार ध्वस्त, सेन्सेक्स–निफ्टीमा भारी गिरावट

ट्रम्पको धम्कीले भारतीय शेयर बजार ध्वस्त, सेन्सेक्स–निफ्टीमा भारी गिरावट

एजेन्सी । भारतको शेयर बजार सोमबार बिहान खुल्नेबित्तिकै ठूलो गिरावट आएको छ। BSE Sensex र Nifty दुवै सूचकांक तिव्र रूपमा ओरालो लागेका छन्। बजार खुल्नेबित्तिकै सेन्सेक्स १,४०० अंकभन्दा बढी घट्यो भने केही मिनेटमै गिरावट अझ बढेर १,६२४ अंक (२.०९%) सम्म पुगेको छ। यससँगै सूचकांक ७५,९२६ को आसपास कारोबार भइरहेको छ। त्यस्तै निफ्टी पनि ४७१ अंक (१.९६%) घटेर करिब २३,५७९ मा पुगेको छ।

यस गिरावटको मुख्य कारण अमेरिका र ईरान बीचको असफल शान्ति वार्ता र डोनाल्ड ट्रम्प द्वारा ईरानी बन्दरगाह नाकाबन्दीको धम्की हो। यसले विश्व बजारमा डरको माहोल सिर्जना गरेको छ।

साथै मध्यपूर्व मा बढ्दो युद्धको जोखिम र कच्चा तेलको मूल्यमा भएको अचानक वृद्धि पनि बजारमा नकारात्मक असर पारिरहेको छ। इजरायलले ईरानमाथि पुनः आक्रमण सुरु गरेको खबरले स्थिति झन् तनावपूर्ण बनेको छ।

बजार खुल्नेबित्तिकै देखिएको तीव्र बिक्री दबाबका कारण सबै क्षेत्रका शेयरहरूमा गिरावट देखिएको छ, जसले लगानीकर्ताहरूमा त्रास र अफरातफरीको अवस्था सिर्जना गरेको छ।

प्रतिक्रिया