काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा २ हजार ९०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि उल्लेख्य रूपमा उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै चाँदीको मूल्य पनि तोलामा १६६ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी ५ हजार ५६ रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको मूल्य तथा आपूर्तिमा देखिएको उतारचढावका कारण पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन भइरहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया