शीर्षकहरू

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनीधिसभाबाट बहुमतले पारित भएकाे छ ।

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबारको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत गरेकी हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो ।

दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

मंगलबार उक्त नीति तथा कार्यक्रम माथी उठेका प्रश्नहरूकाे जवाफ प्रधानमन्त्री केपी सर्मा अाेलीले संसदमा दिँदै अन्तमा बहुमले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पारित गरेकाे छ । 

सरकारले निर्वाचनको समयमा जनतासामु कबोल गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ । साथै काेराेना भाइरसका स्वास्थ्य क्षेत्र र काेराेना नियन्त्रणकाे लागि लगाइएकाे लकडाउनका कारण थलिएकाे अर्थतन्त्र उकास्ने कुरालाइसमेत सरकारले प्राथामिकता दिएकाे देखिन्छ ।