शीर्षकहरू

खल्तीको सबैभन्दा ठूलो भुक्तानी जात्रा शुरु, करोडभन्दा बढीको अतिरिक्त उपहार

खल्तीको सबैभन्दा ठूलो भुक्तानी जात्रा शुरु, करोडभन्दा बढीको अतिरिक्त उपहार

काठमाडौं । ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूका लागी ‘द बिगेस्ट पेमेन्ट–जात्रा’ को रूपमा एक भब्य  र रोमाञ्चक अफर ल्याएको छ । यो अफर अन्तर्गत खल्तीबाट एक महिनामा कम्तिमा ३ वटा भुक्तानी गर्ने प्रयोगकर्ताले पल्सर एनएस १६० एबीएस सहित धेरै आकर्षक उपहार र १ करोड बराबरको अफर जित्न सक्नेछन् ।     

खल्तीले ३ वटा बजाज पल्सर एनएस १६० एबीएस बाइक, १४ स्मार्टफोन, ७ स्मार्ट टिभी, ५२ स्मार्टब्यान्ड र अन्य धेरै उपहारहरु दिइरहेको छ । साथै यो ५२ दिने अफरमा प्रयोगकर्ताले सेल्फ-टपअपमा १० प्रतिशत क्यासब्याक, मेरो शेयर र डिम्याट नवीकरणमा १० प्रतिशत क्यासब्याक, दैनिक उडान टिकट एक रुपैयाँमा पनि प्राप्त गर्नेछन्।  

यस अफरमा दैनिक फ्लाइट टिकट बुक गर्दा एक रपैयाँमा फ्लाइट टिकट, बीमा भुक्तानीमा स्मार्टब्यान्ड, अनि साप्ताहिक रुपमा वल्र्डलिङ्क भुक्तानीमा स्मार्ट टिभी र कुनै पनि भुक्तानीमा स्मार्टफोन जित्न सकिने छ। साथै, जेठ १७ गतेदेखि असार ३२ गतेसम्म ४७ दिनसम्म जारी रहने गरि  टिभी, इन्टरनेट, फ्लाइट, जीवन बीमा, मुभि टिकट, बिजुली, ल्यान्डलाइन, एन्टिभाइरसको आदिको भुक्तानीमा ५०५ सम्म क्यासब्याक पाइने नेपालकै सबैभन्दा रोमाञ्चक र सबैभन्दा लामो फायर सेल हुने भएको छ । 

यो अफर जेठ र असारका २ खण्डमा विभाजन गरिएको छ । जेठ १२ गनेदेखि असार ३२ गतेसम्म मान्य छ। यस अफरमा सहभागी हुन प्रयोगकर्ताले केवाईसी प्रमाणीकरण अनिवार्य गर्नुपर्नेछ। नेपालको भुक्तानी उद्योगमा यसअघि नभएको यस महाअभियानको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामीलाई विश्वास छ कि यो मेगा क्याम्पेनले डिजिटल पेमेन्टलाई पक्कै पनि नयाँ उचाइमा पुर्याउने छ । म सबैलाई अभियानमा सहभागी हुन र अधिकतम लाभ लिन अनुरोध गर्दछु।’