शीर्षकहरू

खल्तीले ल्यायो १ लाख बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर

खल्तीले ल्यायो १ लाख बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर

काठमाडौं । खल्ती डिजिटल वालेटले मात्र ५० रुपैयाँमा १ लाख ३५ हजार रुपैयाँ बराबरको  ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरी पनि ल्याएको छ । यसका साथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् । 

प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर “खल्ती मा वान प्लस १० प्रो” आईकन बाट रू. ५० को रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्। सहभागी मध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप ‘वान प्लस १० प्रो’ प्राप्त गर्नेछन् । साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नेछन् ।  

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “धेरै प्रयोगकर्ताले मनपराउनु भएको अफर “खल्ती मा वान प्लस १० प्रो” लिएर हामी पुनः उपस्थित भएका छौं । यस अफर मार्फत् सरल तरिकाले हामीले धेरै प्रयोगकर्तालाई डिजिटल पेमेन्ट प्रति आकर्षित गर्न सफल भएका कारणले हामीले फेरी यो अफर सबै माझ ल्याएका हौं।” 

अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य रहेको कम्पनीले जनाएको छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन् ।

यो अफर श्रावण २२ देखि असोझ ६ , २०७९ सम्म लागु हुनेछ। “खल्ती मा वान प्लस १० प्रो” को बिजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।