शीर्षकहरू

‘नाडा ईभी एक्सपो २०२२’ को टिकटिङ्ग पार्टनर ‘खल्ती’ले २५ प्रतिशत क्यास्ब्याक दिने

‘नाडा ईभी एक्सपो २०२२’ को टिकटिङ्ग पार्टनर ‘खल्ती’ले २५ प्रतिशत क्यास्ब्याक दिने

काठमाडौं । ‘खल्ती’ले यसपालीको ‘नाडा ईभी एक्सपो २०२२’ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को  टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन् ।

असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको यस एक्स्पो मा  बिद्यार्थी वर्गले रु १५०  र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २५ प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् । विद्युतीय  सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न आयोजना गरिएको यस एक्स्पोमा विभिन्न कम्पनिहरूले आफ्नो प्रोडक्ट प्रदर्शन गरि आफ्नो सेवा र स्किमहरुको बारेमा पनि जानकारी गराउनेछन् । 

यस एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा ब्राण्डको तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । एक्स्पोलाई बढी जानकारी मूलक, सेवा मूलक र ग्राहकमूखि बनाउन बित्तिय सेवा, बिक्रि पछिको सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू पनि रहनेछन् । 

थुप्रै स्टलहरू मध्ये खल्तीको पनि एक स्टल रहेको छ जहाँ सहभागीहरूले खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् । खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन् ।