शीर्षकहरू

महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने

महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने भएको छ । खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक रुपमा सहकार्य गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता मार्फत ग्राहकहरूलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) तिर्न सक्षम पारेको छ ।

आउँदो समयमा खल्ती र महिला लागुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तिकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य गर्नेछन्। यो साझेदारीसँगै अब ग्राहकले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। ग्राहकहरूलाई डिजिटल प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तिब्र गतिमा प्रभावकारी बनाउँदै यो सुबिधा उपलब्ध गराईएको हो।”

खल्तीबाट महिला लघुवित्तको किस्ता भुक्तानी गर्नका लागि खल्ती होम स्क्रिनमा ईएमअँई सेक्सनमा गई महिला  लघुवित्त छनौट गर्नुपर्ने छ । त्यसपछि आवश्यक विवरण भरि ‘प्रोसिड टु पे’मा ट्याप गरी  भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।