शीर्षकहरू

त्यत्रो दुख गरेर आएको कांग्रेसका अगाडि नयाँ दलहरु टिक्दैनन् : अर्थमन्त्री महत

त्यत्रो दुख गरेर आएको कांग्रेसका अगाडि नयाँ दलहरु टिक्दैनन् : अर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन् । शनिबार कांग्रेसनिकट तमु संघ बागमति प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दल नटिक्ने बताएका हुन् ।

अहिले नयाँ–नयाँ प्रवृत्ति आइरहेको उनको भनाइ छ । ‘यिनीहरूले केही गर्दैनन् । अब हामी गर्छौं भनेर आएका छन् । टिक्दैनन् । हामी दुःखमा, सुखमा, दशौं वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस,’ उनले भने ।