शीर्षकहरू

१ सय ४३ रोपनी सरकारी जग्गा प्रकरणमा न्यायाधिश भएकै कारण गौतमलाई उन्मूक्ति

१ सय ४३ रोपनी सरकारी जग्गा प्रकरणमा न्यायाधिश भएकै कारण गौतमलाई उन्मूक्ति

काठमाडौं । ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा कायम गराउन राय लेख्ने व्यक्ति न्यायाधीश भएकै आधारमा सिआइबीको अनुसन्धानको राडारमा पर्न सकेका छैनन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न उपयुक्त र कानूनसम्मत छ भन्ने राय दिएका तत्कालीन उपसचिव (लका न्यायाधीश) विनोदकुमार गौतम न्यायाधीश भएकै आधारमा अनुसन्धानको घेराबाट बाहिर छन् । एउटै पत्रमा हस्ताक्षर गर्ने भौतिक, योजना तथा निर्माण मन्त्रालयका तत्कालीन अधिकृत (हाल सञ्चार सचिव) कृष्णबहादुर राउत सिआइबीको हिरासतमा बसिरहँदा न्यायाधीश गौतम भने न्याय सम्पादनमा अदालत गइरहेका छन् ।

राउतलाई हाल सिआइबीले सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा बनाउन भूमिका खेलेको भन्दै अनुसन्धान गरिरहेको छ । अनुसन्धानको पाटोबाट हेर्दा त्यतिबेलाका उपसचिवको आधारमा अनुसन्धान हुनुपर्ने हो तर, गौतमले आफू न्यायाधीश भएकै कारण छानबिन गर्न नमिल्ने भन्दै यसअघि अख्तियारको मुद्दाविरुद्ध सर्वोच्च गएका थिए । सर्वोच्चले गौतमलाई मुद्दा चलाउनु नपर्ने आदेश गरेपछि उनले उन्मुक्ति पाए ।