शीर्षकहरू

नाडा अटो शो–२०२३ को टिकेटिङ पार्टनर ‘खल्ती’, २०% क्यासब्याक दिने

नाडा अटो शो–२०२३ को टिकेटिङ पार्टनर ‘खल्ती’, २०% क्यासब्याक दिने

काठमाडौं । ‘नाडा अटो शो २०२३’ को टिकेटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानी वालेट खल्तीले साझेदारी गरेको छ । अब प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्तीमार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्ने खल्तीले जानकारी दिएको छ ।

भदौ २६ देखि ३१ सम्म आयोजना हुने नाडा एक्स्पोको टिकटदर विद्यार्थीका लागि १५० र अरूका लागि २०० रुपैयाँ तोकिएको छ । टिकट बापतको शुल्क खल्ती एपबाट भुक्तानी गर्दा २०% क्यास्ब्याक प्राप्त गर्न सकिनेछ ।

आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन् । 

सहभागीहरूले खल्तीको स्टल अवलोकन गरी खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन् ।